भोको पेटलाई आहारा, पीडित असहायलाई सहारा, यसै भनाईलाई वास्तविकतामा उतार्न मिति २०८० भाद्र १९ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा सामाजिक संस्थाको रुपमा आस्था दिदी सहारा घर (संस्था दर्ता नं.३१८८६३÷०८०÷०८१) दर्ता भई समाज कल्याण परिषद (आ.नं.५६३१२) मा आबद्ध भएको सामाजिक संस्था हो । विविध कारणले पीडित भई न्याए नपाएका वा न्याय प्राप्त हुने निकाय सम्म प्रवेश गर्न नसकेका र हिंसामा परी बेसहारा बनेका सम्पूर्ण नागरिकहरुलाई आवश्यक भौतिक, आर्थिक, सामाजिक, नैतिक, भावनात्मक, मानसिक लगायत सम्पूर्ण सहयोग गरी पीडित असहायलाई सुन्दर जिवनको साहारा प्रदान गर्ने उद्देश्यले यस संस्थाको जन्म भएको हो । यस संस्थाको शुरुवात र जन्म दिने आस्था बस्नेत स्वयम् आफैले भोगेको जस्तो पिडा र तनाव अरुले भोग्न नपरोस भनी आफु पिडामा हुदैँ गर्दा यस किसिमको संस्था र सहाराको ठुलो अभाव देख्नुभयो र अब यो पिडालाई शक्तिमा बदल्ने प्रण गर्दै यस किसिमको सहारा घर संचालन गर्ने सोच अनुसार संस्था स्थापना गरी पीडित र बेसहारालाई सहयोग गर्ने कार्य प्रारम्भ भएको हो । सामाजिक, न्यायिक र मानविय चेतनाको अभावले कोहि पीडक बन्छ त कोही पीडित । यि दुवै अवस्था कहीं कतै नहोस भन्ने हिसावले लक्षित वर्ग तथा समूदायमा सचेतना अभियान मार्फत सचेतना अभिवृद्दि गरी चेतनशिल समाज निर्माण गर्ने र हिंसारहित समाजको परिकल्पना गर्दै महिला सशक्तिकरण र बेसहारालाई सहारा प्रदान गर्नको लागि तल्लिन रहेको सामाजिक संस्था हो आस्था दिदी सहारा घर । महिला माथि हुने अनेक प्रकारका हिंसा कम गर्न पुरुष समुदायलाई पहिले सचेतना प्रदान गर्नुपर्दछ भन्ने आवश्यकतालाई समेत मध्यनजर गर्दै यस संस्था आवश्यक समुदाय र लक्षित वर्गलाई विभिन्न किसिमका सचेतना अभिवृद्धि गरी दिगो सामाजिक रुपान्तरणको लागि समेत अग्रसर रही सोही बमोजिम कार्यारम्भ गरेको छ ।